भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भयोः कांग्रेस सहमहामन्त्री डा. महत

राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भयोः कांग्रेस सहमहामन्त्री डा. महत

झापा । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकारको कमजोरीले गर्दा राष्ट्रियता र सार्वभौमसत्ता कमजोर भएको बताउनुभएको छ । बिर्तामोडमा आज आयोजित विरोधसभामा पूर्वपरराष्ट्रमन्त्री डा महतले नेपालमा अस्वाभाविकरुपमा विदेशी चलखेल बढेको आरोप पनि लगाउनुभयो ।

सरकारले भ्रष्टाचारलाई बढावा दिएको, कोरोना नियन्त्रणको कार्य प्रभावकारीरुपमा नगरेको र राष्ट्रपतिले सत्तारूढ दलको आन्तरिक विवादमा संलग्न भएको आरोप पनि उहाँले लगाउनुभयो । झापामा आज कांग्रेसले सरकारको विरोधमा कनकाईको सुरुङ्गादेखि बिर्तामोडसम्म मोटरसाइकल ¥याली र सभा गरेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.