भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राष्ट्रिय आविष्कार केन्द्रले बनायो अक्सिजन प्लान्ट

राष्ट्रिय आविष्कार केन्द्रले बनायो अक्सिजन प्लान्ट

कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताउनुभयो ।
“हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।”

मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिण्डर जडान गरिएको देवले बताउनुभयो । “कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ” उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।”

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा.भोजराज बमले जानकारी दिनुभयो ।
बिरामीलाई श्वासप्रश्वासको समस्या भए बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको रहेकोमा अबभने यही अस्पतालमा नै उपचार गर्न सकिने जानकारी उहाँले दिनुभयो ।

कोरोना महामारी आउना साथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो ।

“कोभिड–१९ को सङ्कट आउनासाथ हामीले त्यसको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री उत्पादन गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “अहिले हामीले ती सामग्री पश्चिमका जिल्ला र पूर्वका पहाडी दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्दै आएका छौँ” पुनले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.