भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गर्नुभएको हो ।

ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिशका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो ।

सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पुरनसिंह दयाल, बैतडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र जागरण मिडिया सेन्टरलाई प्रदान गरियो । ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ प्रा डा देवीप्रसाद सुवेदी, लमजुङ र स्नेह सायमी, काठमाडौँलाई दिइयो । महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरियो ।

 


Thali Mobile Pvt.Ltd.