काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाको जित भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको पहिलो खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ ले पराजित गर्दै भक्तपुरले जित हासिल गरेको हो ।
कप्तान करुणा परियारले ह्याट्रिक पूरा गर्दा, मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुई दुई तथा अजिता घर्तिमगरले एक गोल गरे ।
पुतलीबजारका लागि जोस्निका मरासिनीले एक गोल फकाउन सफल भइन् ।
