भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

राष्ट्रिय योजना आयोग खारेज गर्दै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरौं : उपेन्द्र यादव

राष्ट्रिय योजना आयोग खारेज गर्दै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरौं : उपेन्द्र यादव

काठमाडौं । राष्ट्रिय योजना आयोग खारेज गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन्पर । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बुधवार प्रतिनिधि सभा बैठकमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका हुन् ।

आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिएका ह्न । राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको उनको भनाई ाछ । ‘प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने जस्तो खोजिएको छ ।

यो भनेको संघीयताको मुल मर्म र भावना विपरित हो । प्रदेशहरु संघको साझदार हुन् इकाइ होइनन् । संघीय प्रणालीमा । यो कुरा हेर्दा यसले संघीयता विरोधी भाव बोक्ने काम गरेको छ । यादवले संघीयताको संरचना नै त्रुटीपूर्ण छ यसलाई सुधार गर्ने कि नगर्ने ? भन्दै उनले प्रश्न समेत गरे ।

अध्यक्ष यादवले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरुले भरिपूर्ण भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्नेगरी नआएको पनि बताउदै नीति तथा कार्यक्रले संघीयता विरोधी भाव बोकेको तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.