भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रासायनिक मलको अभाव छैन,

रासायनिक मलको अभाव छैन,

विराटनगर । प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरले जनाएको छ । लगभग रोपाई सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ मेट्रिक टन, डिएपी ६४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए । उनले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० मेट्रिक टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताए ।

गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ मेट्रिक टनमा मातहतका कार्यालयमा २८ हजार ९५४ मेट्रिक टन पठाएको र कार्यालयले आफैँ १२ हजार ९१६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको थियो । युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु . दुई हजार २०० मा बिक्री भएको बताइएको छ ।

साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । कार्यालयले यस वर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.