भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी

सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ । ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको हो । बजारमा फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, गोलभेडालगायतको बिक्री बढेको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी बलवान बोहराले बताए।

खार्पुनाथमा गोलभेँडा उत्पादन

खार्पुनाथ गाउँपालिका–४स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित गोलभेँडाले छिमेकी गाउँपालिकामा पनि बजार पाएको छ । घरघरमै टनेल बनाएर गोलभेँडा खेती सुरु गरिएको छ । यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन् ।

बिहानै सदरमुकाम सिमकोटमा गोलभेँडा बिक्री गर्न आएका छिप्राका प्रगति रावलले गाउँमा उत्पादन भएको गोलभेँडाले सिमकोटमा राम्रो बजार पाएको छ भन्नुभयो । गोलभेँडा पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म गोलभेँडा सिमकोटसम्म पुयाएर बिक्री गर्दै आएको छ ।

प्रतिकेजी रु २०० मा बिक्री हुने गोलभेँडाबाट दिनमै रू आठ हजारसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए । ती गाउँका ३० घरधुरीले यो खेती गर्दै आएका हुन् । यहाँको उत्पादनले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने गोलभेँडाको भर पर्नुपर्ने बाध्यता टरेको छ ।

 


Thali Mobile Pvt.Ltd.