२० जेष्ठ २०७७ काठमाडाैं । संसदको कानून न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिममा भएको हत्याकाण्डकाे घटनालाई मानवताविरुद्धको अपराध ठहर गरेको छ ।
जेठ १० गते चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो । नवराजसहित ५ जनाको शव भेरी नदीमा बाँधेर फालेकाे अस्थामा भेटिएको थियो ।
एक जनाको अझै हराइरहेको छन् । लखेटी लखेटी हत्या गरिएकाे उक्त घटनामा १२ जना घाइते छन् । ती घाइतेकाे संसदीय समितिले निशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।घटनाकाे निष्पक्ष छानबिन गर्न कुनै राजनीतिक वा प्रभावमा नपरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ ।
श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन पनि समितिले निर्देशन दिएको छ । प्रहरीभित्र दलित सेल स्थापना गरेर छुवाछुतविरुद्धको अभियान प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।
लकडाउनमा महिला हिंसा, बालबालिकामाथि हिंसा बलात्कार हिंसा यौनजन्य हिंसा बढिरहेकाले सबै प्रकारका पहलबाट राेक्न पनि समितिले निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...