भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुस–युक्रेनबीचको वार्ता निष्कर्षविहीन

रुस–युक्रेनबीचको वार्ता निष्कर्षविहीन

काठमाडाैं ।  रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको तर वार्तामा कुनै प्रगति हुन नसकेको जनाएका छन्बर । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्धविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्रिया दिएका छन्र ।

रुसी सेनाले दक्षिणपूर्वी युक्रेनका दुई साना सहर र आणविक ऊर्जा केन्द्र वरपरको क्षेत्र कब्जा गरेको जनाएको छ । अहिले पनि युक्रेनमा आक्रमणका घटना भइरहेका छन् । युक्रेनको सीमा नजिक बेलारुसमा भएको पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.