१७ जेठ २०७७, जाजरकोट । सोती हत्याकाण्डको गहिरो अध्यनमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम जारीराखेको छ । समितिले पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् ।
समितिले भेरी नगरपालिका–४ का सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर जाजरकोट रुकुम पठाएको छ ।
बिहीबारदेखि काम थालेको समितिले उक्त हत्याकाण्डका विषयमा अनुसन्धानात्मक कार्यलाइ अगाडि बढाएको पन्तको भनाई छ । जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै डोरीले बाँधेर भेरीनदीमा फालेको अवस्थामा फेला परिसकेको छ भने भेरी –११ का गोविन्द शाही अझै बेपत्ता रहेका छन् ।
शव खोज्न गोताखोर परिचालन गरिएको छ । दलित अधिकारकर्मी सङ्घ र सङ्गठन, मानवअधिकारलगायत विभिन्न संघ सस्था र राजनैतिक दलहरुले निष्पक्ष छानबिन गर्न माग गर्दै ज्ञापनपत्र समेत छानबिन समितिलाई बुझाएका छन् ।
अमानवीय रुपमा सोतीका मल्लको खोल ओढेर बसेका पशुहरुले निन्दनिय घटना घटाएको र उक्त हत्याकाण्डका नरपिचासलाई कडा भन्दा कडा सजायको माग गरिएको अधिकारकर्मीले गरेका छन् ।ज्ञापनपत्र बुझ्दै समितिले सरकारले दिएको कार्यादेश अनुसार काम हुने बताएको छ ।
तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत समितिले बताएको छ । शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको समितिले बताएको छ ।
समितिले जाजरकोट पछि रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमाको अध्यनमा लागेको प्रजिअ पन्तले बताए । समितिमा गृह मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल रहेका छन् ।
जेठ १० गते चौरजहारी –८ सोतीमा भएको उक्त हत्याकाण्डमा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा बाँधेर फालिएको अवस्थामा शव फेला परेको थियो भने गणेश शाहीको खोजी कार्य जारी रहेको छ । भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्तीले हत्यारालाई कारबाही गराएर पीडितलाई न्याय दिलाएरै छोड्ने बचनवद्धता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...