भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

डब्ल्यूएचओबाट अलग्गियो अमेरिका

डब्ल्यूएचओबाट अलग्गियो अमेरिका

१७ जेठ २०७७ अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन् । कोरोना भाइरसलाई नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओमा आवद्ध नहुने सुक्रबार घोषणा गरेका छन् ।

अमेरिकाले दिँदै आएको सहायता ट्रम्पले यसअघि नै नदिने घोषणा गरेका थिए । डब्ल्यूएचओलाई चीनको कठपुतली भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले गर्दै आएको सहयोग नदिने र अलग हुने पत्रकारलाई बताएका हुन ।

डब्ल्यूएचओले गरेको गल्तीको मूल्य सारा विश्वले नै चुकाइरहेको आरोप लगाएर ट्रम्पले विभिन्न निउ खोजिरहेका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओले कोरोना भाइरसका मामिलामा चीनसँग मिलेर पूरै विश्वलाई गुमराहमा पारेको गम्भिर आरोप ट्रम्पले लगाएर अलग भएको घोषणा गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.