भर्खरै : Sorry, your browser does not support inline SVG.

रेडपाण्डा सङ्कटमा: पाथीभरा जङ्गलको डढेलोले बासस्थान खरानी

रेडपाण्डा सङ्कटमा: पाथीभरा जङ्गलको डढेलोले बासस्थान खरानी

ताप्लेजुङ । पाथीभरा जङ्गलमा लागेको डढेलोले​ जनावरहरूको बासस्थान खरानी बनाएको छ । जसका कारण रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ ।

छ दिनदेखि लागेको डढेलो नियन्त्रणमा बाहिर गएकाले सो क्षेत्रको ९० हेक्टर वन क्षेत्र खरानी हुन थालेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए ।

वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको हिमाली संरक्षण मञ्चका संयोजक रमेश राईले बताए । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएको छ ।

आगलागीका कारण फावाखोला जङ्गल र सिकैचा जङ्गलसमेत जलेको छ । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । काठमाण्डौबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन ।

 


Thali Mobile Pvt.Ltd.