भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

रेल दुर्घटनामा परि भारतमा २ सय ८८ जनाको मृत्यु

रेल दुर्घटनामा परि भारतमा २ सय ८८ जनाको मृत्यु

भारत । भारतको ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा परि अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएसंगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको हो । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएका थिए ।

त्यसक्रममा घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाएका छन् । भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क रहेको छ । सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी समेत गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्रयाकबाट नदीमा खस्दा कम्तीमा ८ सय जनाको ज्यान गएको थियो ।

आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका छन् । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.