भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

रोल्पा, । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ । निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा. रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए। डा. बोगटीले भन्नुभयो “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु । ”

 


Thali Mobile Pvt.Ltd.