काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन र सीमा नाका बन्द गर्ने सोचमा नरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गराउने सोचमा मात्र सरकार रहेको उनको भनाइ छ । लकडाउनको हल्ला गरेर केही मानिसले बजारमा भ्रम फिजाएको उनको दावी छ ।
बजेटको तयारीमा जुटेको जानकारी गराउँदै उनले आगामी बजेट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने पौडेलको भनाई छ ।
