भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८÷७९ शुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।गाउँपालिकाले चालु आव २०७८÷७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताउनुभयो ।लिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताउनुभयो । लक्ष्यभन्दा रु १३ लाख २६ हजार ४३४ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले रु १० लाख १७ हजार ३० राजश्व सङकलन गरेको छ ।

गाउँपालिकाले रु तीन लाख ७१ हजार ५५१ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो । रु आठ लाख १३ हजार ६०० ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले रु दुई लाख ६६ हजार ८४१, वडा नं २ सान्थाक्राले रु तीन लाख २४ हजार ५७० राजश्व सङ्कलन गरेको छ ।त्यस्तै वडा नं ३ ले रु ५० हजार ७१० सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले रु एक लाख २९ हजार १११ सङ्कलन गरेको छ । वडा नं ५ ले रु तीन लाख ९०० र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताउनुभयो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.