भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

लगातारको वर्षाका कारण उपत्यकाका केही स्थान डुबानमा

लगातारको वर्षाका कारण उपत्यकाका केही स्थान डुबानमा

काठमाडौं । वर्षाका कारण उपत्यकाका केही स्थान डुवानमा परेका छन् । लगातारको वर्षाका कारण काठमाडौंका केही घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका र डुवानमा परेका एक सय ३८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीले गर्दा खोला किनारका बस्ती डुबानमा परेका छन् । डुबानमा परेका बस्तीबाट सुरक्षित ठाउँमा सार्ने काम भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.