भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

लमजुङमा तेह्र वर्षपछि हत्या अभियोगमा महिला पक्राउ

लमजुङमा तेह्र वर्षपछि हत्या अभियोगमा महिला पक्राउ

लमजुङ । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी थिइन् । जिल्ला अदालतले नौ वर्ष छ महिला २१ दिन कैद सजाय तोकेको समयदेखि नै फरार रहँदै वैदेशिक रोजगारमा गएको र उक्त स्थानबाट आएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार महिलालाई जिल्ला अदालत लगेर आज नै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.