भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

लिदी अपडेट : पहिरोमा ३६ बढी बेपत्ता, ३७ घर पुरिए, दुइकाे शव भेटियाे, हेलिकोप्टर अवतरण हुन नसक्दा समस्या

लिदी अपडेट : पहिरोमा ३६ बढी बेपत्ता, ३७ घर पुरिए, दुइकाे शव भेटियाे, हेलिकोप्टर अवतरण हुन नसक्दा समस्या

३० साउन २०७७ सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ को लिदीमा गएको पहिरोले ३७ घर पुरिएको छ । शुक्रबार बिहान गएको पहिरोमा ३६ बढी बेपत्ता भएको स्थानीयले बताएका छन् भने प्रहरीले एकीन तथ्यांक सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको जानकारी दिए । पहिरोमा ३६ बढी बेपत्ता भएको र ३७ घर पुरिएको स्थानीय पेशलाल दोङले बताए । पुरिएका घरमध्ये २७ घर पूर्ण रुपमा क्षति पुगेको छ ।

दुई जनाको शव भेटिएको छ भने ५ जनालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । अहिले उद्धार र खोजीको काम चलिरहेको छ । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.