भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार

लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उम्मेदवार

लिविया । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

“उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,” आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ ।आयोगका अधिकारीहरूले उम्मेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन् ।

निर्वाचनमा देशभरीका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । संसद सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ । लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ । लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.