‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा बजेट छुट्याउँ सभामुख महाेदय’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा बजेट छुट्याउँ सभामुख महाेदय’

१८ जेठ २०७७ काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसंग माग गरेका छन् ।

संसद बैठकमा बोल्दै खाँणले कागजमा मात्रै उक्त भुभाग समेट्ने कि ? भेपालीले भाेगचलन गर्न बजेट छुट्याउने भन्दै कालापानी क्षेत्रमा बजेट छुट्याउन अाग्रह गरेका हुन ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटियो, त्यसका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ । त्यसका लागि स्वागत गर्न चाहन्छु। के त्यो जग्गा कागजमा मात्रै हो? हैन भने त्यहाँ स्वास्थ्य चौकी बनाउन, बाटो बनाउन, प्रहरी चौकी बनाउन, पुल बनाउनलाई खोई बजेट ? उनले भने ।
त्यसैले नेपाली जनताकाे चाहना अनुसार बजेट अाउन नसकेकाे उनले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.