भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा

वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा

मेक्सिको सिटी, । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी लगायतका मुद्दामा छलफल हुने बताइएको छ । वार्ताका लागि आइतबार राष्ट्रपति बाइडेन मेक्सिको सिटी आइपुग्नु भएको हो । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उहाँको यो पहिले मेक्सिको भ्रमण हो । उहाँले सोमबार र मङ्गलबार लोपेज ओब्राडोर र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोसँग पनि छुट्टा(छुट्टै भेटवार्ता गर्ने र थ्री एमिगोसू शिखर सम्मेलनमा सहभागिता जनाउँनु हुनेछ।

यस्तै छलफलका लागि व्यापार र वातावरणीय मुद्दाहरू पनि जोडतोडका साथ अगाडि सारिएका छन् । वार्तामा राष्ट्रपति बाइडेनले अनियमित आप्रवासन र लागुपदार्थको तस्करीको विषयलाई मुख्यरूपमा उठाउँनु हुनेछ । सिमानामा हाम्रा समस्याहरू रातारात उत्पन्न भएका होइनन् र ती रातारात समाधान पनि हुँदैनन् । तर हामी यो बिग्रिएको प्रणालीलाई ठीक पार्न एकजुट हुन सक्छौं। हामी सीमा सुरक्षित गर्न सक्छौं र अध्यागमन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष, सुरक्षित र मानवीय बनाउन सक्छौं।ू मेक्सिको पुगेपछि बाइडेनले ट्वीट गर्नुभएको छ ।

मेक्सिको जानेक्रममा राष्ट्पति बाइडेन सङ्कटग्रस्त सीमानाको केन्द्रमा रहेको टेक्सासको एल पासोमा केही घण्टा रोकिनु भएको थियो। उहाँले ब्रिज अफ द अमेरिकन क्रसिङमा अमेरिकी अधिकारीहरूसँग भेट गर्दै नवीनतम सीमा प्रवर्तन प्रविधिको प्रदर्शन र भन्सार स्निफर कुकुरको प्रदर्शन लगायतका विषय विशेष चासोपूर्वक निरीक्षण गर्नु भएको थियो । विभिन्न किसिमका दमन, गरिबी तथा गम्भीर अपराधबाट पीडित देशहरूबाट जोखिमपूर्ण यात्रा गर्ने मानिसहरूले अवैध सीमा पार गर्ने र शरणका लागि अमेरिकामा आवेदनहरूको चाङ लागेको बेला राष्ट्रपति बाइडेनको यस भ्रमण भएको हो ।

अवैध आप्रवासन र लागुऔषध कारोबारले अहिले अमेरिका लगायत यस क्षेत्रका देशहरूलाई गम्भीर चुनौती थपेको छ । सन् २०२१ मा संयुक्त राज्य अमेरिका र मेक्सिकोले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न, आर्थिक विकासलाई प्रोत्साहन गर्न र सीमापार हतियारको तस्करी विरुद्धको नियन्त्रणलाई सशक्त बनाउन लागुऔषधको तस्करी विरुद्धको लडाइँको पुनस्संरचना गर्ने घोषणा गरेका थिए । मेक्सिको कार्टेल सम्बन्धित रक्तपातले ग्रस्त छ जहाँ सन् २००६ मा लागुऔषध विरुद्धको लडाइमा सेना परिचालन गरिएदेखि तीन लाख ४० हाजरभन्दा बढी मानिसहरूको हत्या भएको छ ।

राष्ट्रपति बाइडेनको भ्रमणको केही दिन अघि, मेक्सिकन सुरक्षा बलहरूले कुख्यात ड्रग किंगपिन जोआकिन एल चापोू गुजम्यानका छोरालाई पक्राउ गरेको थियो जो अहिले अमेरिकी जेलमा आजीवन काराबामा छन् । अमेरिकाले ओभिडियो गुजम्यानलाई उनका बुबाले स्थापना गरेको सिनालोआ कार्टेलमा प्रमुख खेलाडी भएको आरोप लगाउँदै उनको गिरफ्तारीमा सहयोग पुर्यालउने जानकारीको लागि पाँच मिलियन अमेरिकी डलरको इनाम प्रस्ताव गरेको थियो। त्यसैगरी जलवायु परिवर्तनलाई सम्बोदन गर्न र स्वच्छ ऊर्जा प्रविधिहरूमा सहयोग पुर्याउँने उद्देश्य पनि शिखर सम्मेलनको एजेन्डामा हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.