काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि बारम्बार प्रहार भइरहेको बताएका छन् । १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताएका हुन ।
मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेको बताउदै अध्यक्ष ओलीले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहको ठाउँ सत्ता र शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको तर्क गरे ।
संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या–अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको सन्देशमा उल्लेख छ । मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याउने काम भइरहेको अध्यक्ष ओलीको दावी रहेको छ ।
