भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लाग्यो : अध्यक्ष ओली

विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लाग्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि बारम्बार प्रहार भइरहेको बताएका छन् । १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताएका हुन ।

मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेको बताउदै अध्यक्ष ओलीले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहको ठाउँ सत्ता र शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको तर्क गरे ।

संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या–अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको सन्देशमा उल्लेख छ । मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याउने काम भइरहेको अध्यक्ष ओलीको दावी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.