एक जना किसानले आफ्नो छिमेकीको निन्दा ग¥यो । आफ्नो गल्ती महसुस भएपछि उ पश्चाताप गर्नका लागि र आफुले गरेको गल्तीको माफी माग्न एउटा सन्त महात्मा सामु पुग्यो । सन्त महात्माले उसलाई प्वाँखले भरिएको एउटा झोला दिएर भने कि यी सबै प्वाँखहरु शहरकोबीचमा छरी देऊ ।
किसानले त्यही ग¥यो । फेरी उनी महात्माले उसलाई त्यही झोलामा सबै प्वाँखहरु फिर्ता ल्याऊन भने । किसानले त्यसो गर्ने धेरै प्रयास ग¥यो, तर सबै प्वाँखहरु हावाले उड़ाई सकेको थियो । जब किसान खाली झोला लिएर फर्कियो, महात्माले उसलाई भने कि यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ ।
तिमीले सजिलैसँग मुखबाट प्वाक्क बोली त हाल्यौ तर ती बोलेका कुराहरु फिर्ता लिन सक्दैनौ । त्यसकारण, शब्दहरूको छनौटमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । जो मनमा आयो त्यो बोली सक्यो भने, पछि उसले आफूले नचाहेको कुरा सुन्नु पर्ने हुन्छ ।
व्यवहारमा चलाख (Smart) हुनुहोस् । व्यवहारमा चलाख हुनुको अर्थ यो हो कि हामी आफ्ना शब्दहरू विवेकी र बुद्धिमानीपूर्वक छनौट गरौं । व्यवहारिक कौशल बिना प्रतिभाले पनि सधैं काम गर्न सक्दैन ।
शब्दहरूले गर्दा हाम्रो दृष्टिकोण झल्किने गर्दछ । शब्दले हाम्रो भावनाहरुलाई चोट पु¥याउन सक्छन र हाम्रो सम्बन्धहरुलाई तोड्न पनि सक्छन । प्रकृतिको प्रकोपले मानिसहरूलाई त्यति चोट पु¥याउँदैन जति गाली गरिएका शब्दहरू वा कठोर ढंगले बोलेका शब्दहरूले पु¥याउँछ ।
त्यसैले सधैं सोचविचार गरी बोल्नुहोस्, बोलेर पछि सोच्ने काम न गर्नुहोस् । बुद्धिमानीमा र मूर्खतामा यही फरक हुन्छ । आवश्यक भन्दा बढी बोल्नुको मतलब यो होइन कि तपाईं कुरा गर्नमा सिपालु हुनुहुन्छ ।
मूर्ख व्यक्तिले अनियमित बोल्छ र एक बुद्धिमानले सोचविचार गरेर मात्र भन्छ । तीता शब्दहरुले क्षतिपूर्ति नगर्न सक्ने हानि निम्त्याउन सक्छन । धेरै पटक देखिएको छ कि आमाबाबुले बच्चाहरूसँग कुराकानी गर्ने तरिकाले तिनीहरूको भविष्यलाई आकार दिन्छ ।
त्यसैले, कम बोल्नुहोस्, बढी भन्नुहोस् (talk less, say more.)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–११ स्थित एक पवित्र, रहस्यमयी र अनुपम धार्मिकस्थल गौंरी टाप धाम यो भूभाग केवल एक प्राकृतिक रमणीय स्थल मात्र होइन, यो मातृशक्तिको आराधना, तपस्याको...
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...
श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनद्वारा प्रचारित श्रीहरि आरोग्य साधना एक गहन आध्यात्मिक र स्वास्थ्यवर्धक अभ्यास हो, जसले तप, सेवा, सुमिरन र समर्पणको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक कल्याणलाई सन्तुलनमा...