भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

विदेशबाट फर्केर मौरीपालनमा भागीमान

जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ । रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गर्नुभएका उहाँ यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहनुभएको छ । खाडी मुलुकमा काम गर्दा औसत मासिक रू ३० हजार कमाउनुहुने उहाँले अहिले भने मासिक औसतमा रू २५ हजार कमाइरहेको बताउनुभयो । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उहाँ स्वदेश फर्किएर कृषि कर्ममा लाग्नुभएको हो ।

उहाँ भन्नुहुुन्छ, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रू तीन लाखको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उहाँको भनाइ छ । “पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भन्नुभयो, “सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।” विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उहाँको भनाइ छ । भागीमानले सेराना जातको मौरी पाल्नुभएको छ ।

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आउनुभएको छ । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उहाँको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.