५ श्रावण २०७७ काठमाडौं । विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्किएका हुन ।
२५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएको सरकारी तथ्याङ्क छ । फर्किएका मध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।
