१२ असार २०७७ काठमाण्डौ । मलेसियाबाट १८ र साउदीबाट १६ जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । मलेसियाबाट आज र साउदीबाट भोलि ल्याउने जनाइएको छ । कोरोना महामारी र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव नेपाल ल्याउन लागिएको हो । वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव स्वदेश ल्याउन लागिएको हो ।
कस्को शव कहाँबाट ल्याइदै ?
मलेसियाबाट
सिरहाका- बलराम ठाकुर
जाजरकोटका – बीरबहादुर कामी
धनुषाका -बिपिन महरा
बाराका -राजाराम चौधरी
सल्यानका- प्रेम बि.क
पाँचथरका -जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा
रोल्पाका -विजयबहादुर बोहरा
इलामका -पदमबहादुर सारु
बाग्लुङ्का -शिव पुन मगर
नवलपरासीका- पुनरवासी पुरी
नुवाकोटका -दिपक भट्टराई
महोत्तरीका- भरोसी यादव
महोत्तरीका- दुःखीलाल मण्डल खान र मनोजकुमार यादव
बाराका -प्रवेश कुमार खतवे
रुकुमका -कुवीराम ओलीको शव नेपाल ल्याउन लागिएको को शव भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।
यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।
साउदीबाट
भोलि शनिबार बिहान १६ जनाको शव सहित अलपत्र नेपाली ल्याउने भएको छ । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो । त्यस्तै अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् ।
लकडाउनका कारण शव लिन आफन्त आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्याइदिने जनाएको छ ।काठमाण्डौमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...