भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विदेशमा मृत्यु भएका ४ सय ५६ नेपाली मध्य केहीको उतै दाहसंस्कार गरिने

विदेशमा मृत्यु भएका ४ सय ५६ नेपाली मध्य केहीको उतै दाहसंस्कार गरिने

१४ साउन २०७७ काठमाडौं । विदेशमा अहिले सम्म ४ सय ५६ नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । यी मध्य कोरोनाबाट कति जनाको ज्यान गयो भन्ने खुलाइएको छैन। कतिपय आत्महत्या र कतिपय अन्य कारणबाट नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।

सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए । कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै रहेको उनको भनाई छ । लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको छ । सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका छन् । यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

यी मध्य ९८ नेपालीको शव नेपाल ल्याइएको छ । साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १/१ जनाको शव नेपाल ल्याइएको हो । १ सय ६४ जनाको शव भने विदेशमै दाहसंस्कार गर्ने विभागले जनाएको छ । यूएईमा ५८, साउदीमा ३७, कतारमा २५, कुवेतमा १०, मलेसियामा ८, दक्षिण केरियामा ५, बहराइनमा ३, जेद्दाहमा ३ र अन्य मुलुकमा १५ जना नेपालीको शव दाहसंस्कार गर्ने परिवारको मञ्जुरीनामा तथ्यांकमा उल्लेख छ ।

यता परिवारको नेपाल ल्याईदिने आग्रहमा ८५ जनाको शव स्वदेश ल्याउन थालिएको छ । साउदीबाट ३९, यूएईबाट १३, मलेसियाबाट १२, कतारबाट १०, दक्षिण कोरियाबाट ३, कुवेतबाट २, जेद्दाहबाट १ र अन्य मुलुकबाट पाँच नेपालीको शव स्वदेश फिर्ता ल्याउन लागिएको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.