भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना

विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौं । ७ सय २५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ ।  हालसम्म ८९८ विद्यालयमा तोकिएको उपकरण पुगेको र ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो ।

कोभिड १९ को विषम परिस्थितिमा कतिपय विद्यालयहरु क्वारेन्टिनका रुपमा समेत प्रयोगमा आएका तथा बन्दाबन्दीका कारणले विद्यालय बन्द रहेको अवस्थामा विद्यालय सुचारु भएको ४५ दिन भित्र कार्य सम्पन्न गर्ने गरी उक्त सम्झौताको समयावधि थप गरिएको समेत प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म ८९८ वटा विद्यालयमा तोकिएका उपकरण पुर्याईसकिएको तथा ७२५ विद्यालयहरु (सुची लिङ्कमा उपलब्ध) मा आवश्यक उपकरण जडान भई सूचना प्रविधि प्रयोगशाला स्थापना भइसकेको जानकारी सप्लाएरबाट प्राधिकरणमा प्राप्त भएको जनाइएको छ ।  सूचना प्रविधि प्रयोगशाला जडान कार्य सम्पन्न भएका स्थानहरुमा सम्बन्धित विद्यालयसँग भएको समझदारी अनुसार केही समस्या, गुनासो वा प्रतिक्रिया भए टिपाउन  धिकरणले अनुरोध गरेको छ ।

सभा सम्मेलन तथा गोष्ठी गर्ने कार्यमा नेपाल सरकारबाट लगाईएको प्रतिवन्ध फुकुवा हुने वित्तिकै सम्पूर्ण जिल्लाहरुमा तोकिएको बमोजिम तालिम प्रदान गर्ने गरी हाललाई तालिम वापतको रकम समेत रोक्का गरी कूल सम्झौताको करिब ३० प्रतिशत रकम आपूर्तिकर्ता संस्थालाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.