भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

कास्की । अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गर्नुभएको हो ।

पोखरा–२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा–४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको महानगरले जनाएको छ । महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्धार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिनुभयो ।

अपिलमा भनिएको छ, “बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचना/सङ्केतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।”

केही दिनयताको वर्षाका कारण शनिबार पोखरा–२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.