भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपतकालीन भण्डारण

विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपतकालीन भण्डारण

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताएका छन्।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको पनि जानकारी गराए।

उनले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्‌मा पठाइसकेको उल्लेख गरे।

उनका अनुसार हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक गरी तीन वटा हेलिकप्टर, एवं एमवाईवानसेभेन, स्काइ ट्रक एक, सानो हेलिकप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको छ।

एउटा एमआई सेभेन्टिन र एक स्काइ ट्रक भरतपुरमा किनेर पठाउने तयारी गरिरहेको उनले बताए। मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले मनसुन अवधिको लागि कमान पोस्ट गठन गरेको पनि जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.