काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नदी तटिए क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सर्तक रहन निदेर्शन दिएको छ । काठमाडौं उपत्यकाका लगाmयत देशका धेरै स्थानमा भारी वर्षा भइरहदा नदी तटिए क्षेत्रका सतर्क रहन निर्देशन दिएको हो । पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेकाले प्रदेश १ बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखी समानाय बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यता काठमाडौं उपत्यकामा वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो अवस्थामा रहेकाले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
