भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म हुने गरेको तथ्याकं सार्वजनिक

अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म हुने गरेको तथ्याकं सार्वजनिक

काठमाण्डौ । अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झन्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको तथ्याकं रहेको छ ।

खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँ रहदा स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस मनाइ रहेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिने विभागले जनाएको छ ।

अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ। यो दिवस आउँदो २४ गतेसम्म मनाइनेछ ।

 


Thali Mobile Pvt.Ltd.