वुहान र नेपाललाइ दाँज्दा यहाँकाे अवस्था स्पेन र इटली नबनाेस् : डा रमेश आचार्य

वुहान र नेपाललाइ दाँज्दा यहाँकाे अवस्था स्पेन र इटली नबनाेस् : डा रमेश आचार्य image

चीनको थोङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यसंगको कुराकानी प्रस्तुत छ ।

कोरोना संक्रमण हुदा वुहानमा बनाइएको क्वारेन्टिन कस्ता थिए ?
वुहानमा भएका सबै होटल, म्यूजियम, होस्टेलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएका थिए । अस्पतालहरु मात्र नयाँ निर्माण गरिएको थियो । क्वारेन्टिनमा एक व्यक्ति एक बाथरुम, हलमा भए दुई व्यक्ति एक बाथरुम, सावुन, स्याम्पु, टावेल, टुथपेष्ट, तातोपानी, फलफुल, खाजा, खाना, तापक्रम मेनटेन लगायत डब्लुएचओको मापदण्डलाई पूर्ण पालना गरिएको थियो ।

प्रत्यक क्वारेन्टिमा हरेक दिन डाक्टर, नर्सले चेक जाँच, रुमलाई डिसइन्फेक्सन, एम्बुलेन्स तयारी अवस्थामा, सबैलाई एन ९५ मास्क, गोलोब्स, भौतिक दुरीसहित खानाको व्यवस्था गरिएको थियो । क्वारेन्टिनमा राख्नु भन्दा पहिले सबैको पीसीआर परीक्षण गरिएको थियो ।

नेपालमा क्वारेन्टिनको अवस्था कस्तो पाउनु भयो ? 
सबै जिल्ला सदरमुकामका होटल, होस्टेल, नगरपालिका, गाउँपालिकाका विद्यालाय, संघ सस्थाका कार्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्नु पर्छ र गरिएका पनि छन् । सुरक्षाकर्मीको टिमले खाना खुवाउने, क्वारेन्टिनमा बुस्नु भन्दा पहिले अनिवार्य पीसीआर परीक्षण गर्ने, उच्च रत्तचाप, दम, मुटुरोगी, मृगौलाका विरामी, गर्भवती महिलाहरुलाई मात्र होटलमा राख्ने र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने ।

भारतबाट आइरहेका दाजुभाईहरुलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्र क्वारेनिटनमा राख्ने गर्नु पर्छ । सीमा जोडिएका सबै जिल्लाका होटल, होस्टेल, पार्टीप्यालेस र विद्यालयमा संघीय सरकारले नेपाली सेनाको सहयोगमा डब्लुएचओको मापदण्ड अनुसारको क्वारेन्टिन निर्माण र व्यवस्थापन गर्ने हो भने भवावह अवस्थाबाट जोगाउन सकिन्छ ।

वुहान र नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेका Track र Tracing मा के फरक पाउनु भयो ?
लक्षण देखिएका विरामीहरुलाई खोज्न जानु पर्दैन । लक्षण विना कोरोना भाइरसका पोजेटिभ केसहरु खोज्न Track / Tracing र अनुसन्धानमा ट्रेनिङ्गप्राप्त स्वास्थ्यकर्मी, युवा, सुरक्षाकर्मीलाई पठाएको थियो ।

Travel history, close contract  वा fever (ज्वरो) आएका विरामीसंग नजिक रहेका, सर्प, चमेरो, कुखुरा, खसी, जंगली जनावरको मासु खाएका व्यक्तिहरु, भाइरस उतपति भएका सबै विन्दुहरु, बस, मेट्रो, ट्रक, पार्क, मेला, ठुला रोड, बस स्टेशन, मेट्रो स्टेशन, एअरपोर्ट, सबै ठाउलाई Track र Tracing को रुपमा प्रयोग गरिएको थियो ।

नेपालमा हामीले भारत भन्दा बाहेक वा संक्रमित व्यक्तिसंग नजिकमा रहेका हरेक व्यक्ति बाहेका अरु ठाउहरुलाई हेरिएको छैन । नेपालमा मठ मन्दिर, पार्क, भिडभाड, Close contract मा रहेका व्यक्तिहरुको Travel history बाहेक अन्य धेरै ठाउँहरुको हामीले अनिवार्य अनुसन्धान गर्नै पर्छ ।

पीसिआर टेष्ट विना लकडाउन खुकुलो बनायो भने के हाेला ?

विना पीसिआर टेष्ट लकडाउन खुकुलो बनायो भने नेपाल इटली र स्पेन हुने पक्का छ । नेपाल सरकारले न्यूनतम १० लाख भिटिएम, २० लाख आरडिटि किट किनेर तत्काल २० हजारको ट्रयाकिङ्ग र ट्रयासिङ्ग गर्ने जनशक्ति ७७ वटै जिल्लामा परिचालन गरी कम्तिमा २ हप्ताको समय दिएर टेष्टिङ्गलाई एग्रीसिभली बनाउनु पर्छ ।

विना टेष्ट, ट्रयाक र ट्रयासिङ्ग लकडाउन खुकुलो बनाए इटलीको भयावह स्थिति नेपालले भोग्नु पर्नेछ । नेपालको इतिहासमा जुन, जुलाई र अगस्ट महिना सबै भन्दा चुनौतीपूर्ण हुदै आएको छ । Red, Green Yellow zone मा राख्नु भन्दा पहिला विदेशबाट आउने नेपालीको विवरण प्राप्त गर्नु पर्छ ।

अबको दुई तीन महिना कसरी जाला ?
भाइरसको यो गतिले सबै भन्दा बढि संक्रमित नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना त्यसपछि मात्र डाक्टर, नर्स, सरसफार्ई कर्मचारी, दुध, खाद्यान्न, ड्राइभर तथा फन्टलाईनमा काम गर्ने सबै कर्मचारी संक्रमित हुने अवस्था देखिन्छ । त्यसैले व्यक्ति व्यक्ति बढि सजग हुन जरूरी छ । सरकारकाे मात्र मुख नताकाैं ।

नेपाल आउन चाहनेलाई सरकारले के गर्दा उपयुक्त होला ?
नेपाल आउन चाहनेलाई दुई हप्ताको समयसीमा दिएर फारम भर्न लगाउने । दुबई, कतार, मलेसीया, साउदी अरेबीया, बंगलादेश, यमन, दक्षिण कोरिया, अष्ट्रियलियालगायतका नागरिकलाई नेपाल ल्याउने र भारतबाट आउन चाहनेसबैलाई दुई हप्ता भित्र ल्याउने ।

नेपाल ल्याएको दोस्रो दिनमा PCR Test गर्ने र २८ दिनमा क्वारेन्टीनमा राख्ने । प्रत्यक एक हप्ताको फरकमा टेष्ट गर्दै जाने । दुई हप्ता भित्र फारम नभर्ने नागरिकलाई कुनैपनि देशबाट नेपाल नल्याउने । यसको सूचना सबै राजदुतावासमा दिने ।

देशैभरी प्रेसर, सुगर, दम, मृगौला रोगीहरुको पहिचान गरेर छुट्टै आइसोलेसनमा बस्न बाध्य बनाउने । अस्पतालमा आउने सबै प्रकारका रोगीको पीसिआर विधिबाट टेष्ट नगरि होस्पिटल भर्ना नगर्ने । फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, ड्राइभर र आपतकालिन अवस्वस्थामा काम गर्ने सबैलाई अनिवार्य पिपिई को प्रयोग गर्ने ।

देशैभरी पीसिआरको रिर्पोट बेगर कसैलाई पनि एक जिल्लाबाट अर्को जिल्लमा आवत जावत गर्न नदिने ।

अन्तमा तपाईको समग्र सूझाव के हुन्छ ?
हरेक नागरिकलाई मास्क, ग्लोभ्स, स्यानिटाइजर र भौतिक दुरी कडाईकासाथ पालना गराउने । देशैभरी Front Line workers को हरेक तीन दिनमा टेष्ट गर्ने । क्वारेन्टिन छोड्नेलाई तीन महिना जेल हाल्ने ।

सवै नागरिकको अनिवार्यरुपमा प्रत्यक दिनको ज्वरो, प्रेसर, दम भए नभएको रेर्कड राख्ने । र क्वारेन्टिनमा अनिवार्य चिकित्सक र नर्सको व्यवस्था गर्ने । पाँच जना भन्दा बढि जम्मा भएमा कारबाही गर्ने । जनतालाई डर, त्रास, चिन्ताबाट मुक्ति पाउन जनतालाई काउन्सेलिङ्ग प्रोग्राम संचालन गर्ने ।

सबैलाई रोडमा थुक्न नपाउने नियम लागु गर्ने । पार्क, विद्यालय, कलेज, मठ मन्दिर, मस्जिद, मालपोत, अदालत कम्तीमा पनि तीन, चार महिना बन्द गर्ने । जिल्लाहरुलाई Heigh Risk Zone मा राख्ने । Green, Yello And Red Zone मा कुनै पनि जिल्लालाई नराख्ने ।

कम्तिमा १० हजार डक्टर र ५० हजार नर्सलाई तयारी अवस्थामा राख्ने । र एम्बुलेन्सलाई अनिवार्य क्वारेन्टिन स्थलमा राख्ने । यसो गरेमा भोलि आउने भयावह स्थितिबाट मुक्ति पाउन सकिन्छ । सरकारले यस विषयमा ध्यान दिन सुझाव दिन चाहन्छु ।

समय र महत्वपूर्ण विचार दिनु भयो त्यसको लागि धन्यवाद ।
मेरो विचारलाइ सबैमाझ पुर्याइदिनु भयाे त्यसको लागि कैलाश खबरलाई विशेष धन्यवाद ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda