भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

वृत्तचित्र निर्माणतर्फ गहतराज प्रथम

वृत्तचित्र निर्माणतर्फ गहतराज प्रथम

कर्णाली । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको छोटो वृत्तचित्र निर्माण प्रतियोगितामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का अनिश गहतराज प्रथम हुनुभएको छ । शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो वृत्तचित्र निर्माण गर्नुभएका उहाँले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभयो ।डोल्पाको त्रिपुरासुन्दरी छलामष्टासम्बन्धी वृत्तचित्र निर्माण गर्नुभएका वीरेन्द्रनगर नगरपालिका–८ का किरणकुमार बैगार र शे–फोक्सुण्डो डोल्पासम्बन्धी नै वृत्तचित्र निर्माण गर्नुभएका ललितपुरको धापाखेलकी अन्नता भण्डारी द्वितीय भए । दुवैलाई जनही रु एक लाख १२ हजार ५०० पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीका अनुसार कालिकोटको पचालझरनाको वृत्तचित्र बनाउनुभएका वीरेन्द्रनगर–८ का प्रमोद आचार्य र पचालझरना गाउँपालिका–४ की सदिक्षा सेजुवाल तृतीय भए । उहाँहरुलाई जनही रु ७५ हजार पुरस्कृत गरिएको छ ।

यस्तै मुगुको छायानाथ रारा नगरपालिका–२ का गणेश देवकोटा, रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का महेश केसी, वीरन्द्रनगर नगरपालिका–९ का प्रबल मानन्धर र सोही नगरपालिका वडा नम्बर ८ का जीवन सुवेदीले सान्त्वना पुरस्कार पाए । उहाँहरुलाई जनही रु ३७ हजार ५०० बाट पुरस्कृत गरिएको छ । देवकोटाले मुगुको चङ्खेली हिमाल, केसीले रुकुमपश्चिमको डिग्रे साइकुमारी मन्दिर, मानन्धरले राराताल र सुवेदीले सुर्खेत उपत्यकाको छोटो वृत्तचित्र निर्माण गर्नुभएको थियो ।यस्तै सामाजिक सञ्जालका लागि छोटो वृत्तचित्र निर्माण गर्नुभएका बैतडीको दशरथचन्द नगरपालिका–१ का पञ्चदेव भट्ट, सानीभेरी नगरपालिका– ११, रुकुमपश्चिमका सिर्जना ओली, भेरीगङ्गा नगरपालिका–८, सुर्खेतका करण बैगार, भेरी नगरपालिका–३, जाजरकोटका हरिहरसिंह राठौर र वीरेन्द्रनगर–१२, सुर्खेतस्थित ह्वाइट विङ्स प्रोडक्सन प्रालिलाई पनि पुरस्कृत गरिएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । उहाँहरुलाई जनही रु एक लाख प्रदान गरिएको छ ।

हरेक वर्ष कर्णाली प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार प्रवद्र्धन गर्नका लागि छोटो वृत्तचित्र निर्माण तथा सामाजिक सञ्जालका लागि उच्चस्तरको वृत्तचित्र निर्माण प्रतियोगिता आयोजना गरिँदै आएको छ । यसका लागि चालु आर्थिक वर्ष २०७८÷७९ मा मन्त्रालयले रु २० लाख विनियोजन गरेको थियो । छोटो वृत्तचित्र निर्माणतर्फ १७ र सामाजिक सञ्जालका लागि वृत्तचित्र निर्माणतर्फ १३ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.