भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

वेकामे बन्यो ओखलढुंगा सदरमुकाममा रहेको खाद्य संस्थानको कार्यालय

वेकामे बन्यो ओखलढुंगा सदरमुकाममा रहेको खाद्य संस्थानको कार्यालय

ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा रहेको खाद्य संस्थानको कार्यालय वेकामे बनेको छ । स्थानीय व्यापारीहरूले गाउँगाउँमै पुगेर खाद्य सामग्रीको व्यापार गर्न थालेपछि खाद्य संस्थानको कार्यालय वेकामे बनेको हो । नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा सहुलियत दरमा उपलब्ध गराउँदै आएको चामल पछिल्लो समय बिक्री हुन छाडेपछि वेकामे बनेको हो ।

पछिल्ला वर्षहरुमा जिल्लामा खाद्य संस्थानको चामल बिक्री हुने क्रम घटेपछि यहाँको कार्यालmय काम विहिन बनेको छ । चालु आर्थिक वर्षका लागि ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा जेठ मसान्तसम्म मुस्किलले ५ सय क्विन्टल मात्रै चामल बिक्री भएको तथ्याकं रहेको छ ।

विगतमा ओखलढुंगामा एक हजार ९ सय क्विन्टलसम्म चामल खपत हुने गरेको जनाइएको छ । सर्वसाधारणलाई सरकारी अनुदानमा खाद्यान्न उपलब्ध गराउनका लागि २०३१ सालमा ओखलढुंगा सदरमुकाममा खाद्य संस्थानको कार्यालय स्थापना भएको थियो । संस्थानले स्टीम जीरा मसिनको चामल प्रतिकेजी ६६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अरुवा सोना मन्सुली चामलको मूल्य ४९ रुपैयाँ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.