भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वेब सिरिजमा नीता

वेब सिरिजमा नीता

काठमाडौं । कलाकार नीता ढुंगानाले पौराणिक ग्रन्थ श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज निर्माण गर्ने भएकी छिन् । उनले अर्जुन र श्रीकृष्णको संवाद वरिपरि रहेर निर्माण गरिएको कथामा सिरिज निर्माण गर्ने जनाइएको छ । सिरिजमा ४ जना पात्र हुनेछन् ।

जसलाई पौराणिक भेषमा प्रस्तुत गरिनेछ । तर, आधुनिक शैलीमा निर्माण गरिनेछ ।नीताका अनुसार सिरिजको हरेक भाग झण्डै २५ मिनेट लामो हुनेछ । सिरिज पनि फिल्मकै शैलीमा निर्माण हुने नीताले बताइन् । यसअघि नीताले गणेश भजन सार्वजनिक गरेकी थिइन् ।

जसमा उनकै स्वर र अभिनय थियो । नीताले ‘माया’ नामक फिल्म बनाउने चर्चा पनि थियो । तर, कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा तत्काल फिल्म निर्माण गर्न सकिने अवस्था छैन । नीताले निर्माण गर्ने यो सिरिजका लागि कलाकार र निर्देशकको छनोट भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.