भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

पाल्पा । बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ । पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको सङ्ख्या बढेका छन् । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको दाबी छ । बाँदर, बदेँल र दुम्सीलगायतका जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी व्यहोर्दै आएका छन् ।

बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडा खेतीप्रति आकर्षित भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताए । पाँच–सात रोपनीमा मकैखेती गर्ने उहाँ अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा लागिपरेका हुन् । यहाँका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका छन् । बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी नै गर्दैन ।

कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा मेहेनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीयवासी सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताए । रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नबाली तथा फलफूलप्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताए।

Mohotsav


Thali Mobile Pvt.Ltd.