भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

शनिबारदेखि चर्किएको सत्ता संघर्ष सुडानमा जारी

शनिबारदेखि चर्किएको सत्ता संघर्ष सुडानमा जारी

एजेन्सी । गत शनिबारदेखि चर्किएको सत्ता संघर्ष सुडानको राजधानी खार्तुममा जारी रहेको छ ।
सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको संघर्ष जारी रहेको छ ।

पाँचौं दिनसम्म पनि जारी रहेको र यस क्रममा दुई सय बढीको मृत्यु भइसकेको जनाइएको छ ।
सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र विपक्षी मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बलबीचको संघर्षले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ ।

संघर्षका कारण सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् भने दैनिक उपभोग्य सामग्रीको अभाव चर्किएको छ । घटनामा करिब ११ सय घाइते भएका छन् । संघर्षकाबीच ठाउँ ठाउँमा आगजनी हुँदा भौतिक क्षति पनि उत्तिकै भएको छ । सुडानको आकाश बारुदको धुँवाले भरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.