भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

शान्ति प्रक्रियालाई पूर्णता गठबन्धन आवश्यक छः उपसभापति खड्का

शान्ति प्रक्रियालाई पूर्णता गठबन्धन आवश्यक छः  उपसभापति खड्का

सूर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन कसैलाई जिताउन वा हराउनका लागि नबनेको बताएका छन् । गठबन्धन स्थानीय चुनावको लागि नभइ संविधानको रक्षा गर्न र शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि बनेको स्पष्ट पारेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले प्रतिगामी केपी प्रवृतिका विरुद्ध संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे । माओवादी शशस्त्र द्वन्द्वमा देश पल्सिरहेको तत्कालिन अवस्थामा गिरिजाबाबु र प्रचण्डले सुरुआत गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन े गठबन्धन बनेको बताए । गठबन्धन स्थानीय चुनाव जित्न मात्र नभइ शान्ति र विकासका लागि आवश्यक रहेको स्पष्ट पारे ।

कार्यक्रममा उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताउँदै आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट माग्न निर्देशन दिए । खड्काले नेता तथा कार्यकर्ताहरुलाई इमानको राजनीति गर्न समेत आग्रह गरे । विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन वीरेन्द्रनगरका मतदातालाई आग्रह समेत गरे ।

वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.