भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शान्ति मिसनमा जानै लागेका सेनामा कोरोना देखिएपछि अचानक उडान स्थगित

शान्ति मिसनमा जानै लागेका सेनामा कोरोना देखिएपछि अचानक उडान स्थगित

काठमाडौं । शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानमा कोरोना संक्रमण देखिएपछि अचानक उडान स्थगित भएको छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको हो ।आइतबार साँझ त्यसतर्फ जान लागेको नेपाली सैनिक टोली रोकिएको हो ।

काभ्रेपाल्चोकको वीरेन्द्र तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परिक्षणमा केहीमा संक्रमण पुष्टि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्तिहरूको पुनःस्वास्थ्य परिक्षण पश्चातः मात्र फ्लाइटको मिति तय गरिने निर्देशनालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.