भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

शास्त्रीय नृत्यकार रञ्जितको निधन

शास्त्रीय नृत्यकार रञ्जितको निधन

काठमाडौँ । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौलासम्बन्धी उपचार गराइरहनुुभएका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पुयाउनुभएको थियो ।
भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गर्नुभएका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिनुभएको उहाँका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुव थापाले बताए । गोरखा दक्षिणबाहु चौथोबाट विभूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.