भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षित समाज समुदायको विकास र रुपमान्तरणका लागि प्रेरणा बन्छ

शिक्षित समाज समुदायको विकास र रुपमान्तरणका लागि प्रेरणा बन्छ

भक्तपुर । तारा माविमा ४१ वर्षे शैक्षिक सेवामा समर्पित विद्यालयका संस्थापक शिक्षक एवम् प्रधानाध्यापक पुष्पलाल सुजखूको सम्मान, विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले अवकास पश्चात पनि थप जिम्मेवारीबोध हुनुपर्ने तथा नयाँ पुस्ताको आफ्ना अनुभव सँगालेर पुस्तक प्रकाशन गरी पठनीय सामग्री तयार गर्दा नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गरे ।

शिक्षित समाजले समुदायको विकास र रुपमान्तरणको लागि सहयोग पु¥याउने जिकिर गर्दै राजनीतिक कार्यकर्ता राम्रो भए देश राम्रो हुने र गलत मानसिकताले राजनीती गरे देश पछाडि पर्ने हुँदा नयाँ पुस्तका विद्यार्थी संगठित, सचेत र विचारमा परिपक्व हुनुपर्ने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी देशको नेतृत्व तहमा पुगिरहेको ज्वलन्त उदाहरण प्रस्तुत गरे ।

भक्तपुर नपाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने क्षमतावान विद्यार्थी उत्पादन गर्न कलेजहरु सञ्चालन गरिरहेको बताए । भक्तपुरको शैक्षिक प्रगतिमा तारा माविको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै हाल कोभिडका कारण शैक्षिक क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको हुँदा विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने तथा शिक्षकहरुले इमानदारीपूर्वक कार्य गरी विद्यार्थीहरुको भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखूले अध्यापनरत रहँदाका आप्mनो अनुभव राख्नुहुँदै विद्यालय स्थापनाले समाज र समुदायको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । सोही कार्यक्रममा तारा माविका निवर्तमान प्रधानाध्याप सुजखूले नवनियुक्त प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायनालाई पदभार हस्तान्तरण गरे ।

 


Thali Mobile Pvt.Ltd.