शिखर सम्मेलनमा म्यानमारका सेना प्रमुख सहभागी नहुने

शिखर सम्मेलनमा म्यानमारका सेना प्रमुख सहभागी नहुने

काठमाडौं । म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियान सम्मेलनमा सहभागी नगराउने भएको छ ।

दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान)ले बैठकमा सहभागी नगराउने भएको हो । म्यानमार सेना प्रमुख मिन आङ ह्लाइङको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले तयारी गरेको छ ।

आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ । १० सदस्यीय राष्ट्र रहेको आसियानमा सदस्य राष्ट्रको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेपनि यो निर्णयलाई अभूतपूर्व किसिमको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.