भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

शैक्षिक प्रमाणपत्र धितो कर्जा होला त कार्यान्वयन ?

शैक्षिक प्रमाणपत्र धितो कर्जा होला त कार्यान्वयन ?

काठमाडौं । सरकारले स्नातक वा सो सरह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ । तर यो कार्यान्वयनमा चुनौती देखिएको जानकारहरु बताउँछन् ।

हालसम्म ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा रू ७ लाखसम्मको सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा छ । उत्कृष्ट व्यावसायिक योजना र विश्वास गर्ने आधार नभएसम्म बैंकहरूले जोखिम लिएर यस्तो कर्जा प्रवाह गर्न उत्साहित नहुने बैंकरको भनाइ छ ।

प्रमाणपत्र धितो राखेर कर्जा दिने व्यवस्था विसं २०७६ चैतदेखि कार्यान्वयनमा आएको हो । तर, बैंकहरूले विद्यार्थीलाई कर्जा नपत्याएको भन्ने गुनासो आउने सर्वत्र आउने गरेको छ । यस्तो गुनासो आएपछि नेपाल राष्ट्र बैंकले सबै बैंकलाई संख्या तोकेरै सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताए ।

 


Thali Mobile Pvt.Ltd.