काठमाडौं । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा पछि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति नेपाल सरकारले स्थगित भएको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको हो । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कामदारहरु नपठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले भारतसँग जोडिएका सीमानाकाहरु पनि सीमित गर्ने निर्णय गरेको छ ।श्रम गन्तव्य मुलुकहरु कोरोना भाइरसबाट आक्रान्त भएपछि श्रम स्वीकृति रोक्ने निर्णय नेपाल सरकारले गरेको हो ।
विदेशमा रहेका नेपालीहरुलाई यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन यस्तो आग्रह गरेको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि पनि स्थगित गरिएको छ ।
भिसा लिइसकेका विदेशी नागरिकहरुले सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने छ भने नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा...
काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै...
काठमाडौं, १ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ। यो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीतिगत प्राथमिकतामाथि छलफल...
भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी...