भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिए

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिए

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सभामुख अबेवर्देनाले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो। श्रीलंकाको संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्।

नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए। सभामुख महिन्दा यापा आबेवर्देनाले आगामी ७ दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि संसद्को प्रक्रिया पूरा गर्ने पनि सञ्चारमाध्यमलाई जानकारी दिए।

उनले भने ‘संविधानको व्यवस्थाबमोजिम नयाँ राष्ट्रपति चयनका लागि आवश्यक संसदीय कार्य सञ्चालन गर्ने मेरो मनसाय छ। यसका लागि सबै दलका नेताहरूलाई साथ दिन आग्रह गर्दछु।’

सभामुखले यस अवधिमा लोकतन्त्रलाई कायम राख्न सबै राजनीतिक दल र संसदलाई आग्रह पनि गरे। देशको आर्थिक अवस्था डामाडोल बनाएर राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाट भागेर सिंगापुर पुगेका छन्।

 


Thali Mobile Pvt.Ltd.