भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिए

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिए

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सभामुख अबेवर्देनाले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो। श्रीलंकाको संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्।

नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए। सभामुख महिन्दा यापा आबेवर्देनाले आगामी ७ दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि संसद्को प्रक्रिया पूरा गर्ने पनि सञ्चारमाध्यमलाई जानकारी दिए।

उनले भने ‘संविधानको व्यवस्थाबमोजिम नयाँ राष्ट्रपति चयनका लागि आवश्यक संसदीय कार्य सञ्चालन गर्ने मेरो मनसाय छ। यसका लागि सबै दलका नेताहरूलाई साथ दिन आग्रह गर्दछु।’

सभामुखले यस अवधिमा लोकतन्त्रलाई कायम राख्न सबै राजनीतिक दल र संसदलाई आग्रह पनि गरे। देशको आर्थिक अवस्था डामाडोल बनाएर राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाट भागेर सिंगापुर पुगेका छन्।

 


Thali Mobile Pvt.Ltd.