भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

श्रीलंका आर्थिक संकटः एक दिनका लागि धान्ने इन्धनमात्र बाँकी

श्रीलंका आर्थिक संकटः एक दिनका लागि धान्ने इन्धनमात्र बाँकी

एजेन्सी । श्रीलङ्का आर्थिक संकट थप जटिल बन्दै गएसंगै अब एक दिनका लागि मात्र इन्धन सञ्चय रहेको श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले बताएका छन् ।

उर्जामन्त्री आर्थिक विजेसेकेराले देशमा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको बताए । लगभग चार हजार टन भण्डारले एक दिनको माग धान्न पनि मुस्किल रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

श्रीलंकाका धेरैजसो पेट्रोल पम्पमा तेल छैन भने सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्पको अवस्थामा छ । मानिसहरु राजधानीका धेरै ठाउँहरुमा तेलको लानमा बस्ने गरेका छन् । इन्धनका लागि विदेशसंग कुरा भइरहेको मन्त्री विजेसेकेराले जनाएका छन् । उनका अनुसार पेट्रोल तथा डिजल जुलाई २२ र २३ तारिक अधि आइपुुग्ने सम्भावना रहेको बताइरहेका छन् ।

गएको हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । आज बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित श्रीलङ्काका धेरैजसो पेट्रोल पम्प हिजोदेखि बन्द भएका छन् ।

श्रीलंकाका २ करोड २० लाख नागरिकको जनजीवन कष्टकर बनेको छ । विदेशी मुद्राको अभावले खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काले अति आवश्यक समग्रीको आयातलाई समेत धान्न सकेको छैन् ।

 


Thali Mobile Pvt.Ltd.