भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

संघ र प्रदेस सरकार प्रति कुमाख गाउँपालिका अध्यक्षकाे आक्राेष : धैर्यताको बाँध टुटे…

संघ र प्रदेस सरकार प्रति कुमाख गाउँपालिका अध्यक्षकाे आक्राेष : धैर्यताको बाँध टुटे…

२६ जेठ २०७७, सल्यान । कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले सरकारलाई चुनौती दिएकी छन् । परिक्षण गरेको १० दिन पुग्दा पनि कोरोनाको रिपोर्ट नआउनु लज्जास्पद भएको भन्दै सरकार प्रति आक्रोष व्यक्त गरेकी छन ।

भारतबाट आएका नागरिकहरुको स्वाव संकलगन गरी कोरोना परिक्षणका लागि सुर्खेत पठाएको रिपोर्ट समयमा नआएको उनको भनाई छ । सामाजिक संजालमा दुःख व्यक्त गरेकी गाउँपालिका अध्यक्ष बुढाले सल्यानबाट संघ तथा प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री तथा सांसद्हरू टेक बहादुर बस्नेत, प्रकाश ज्वाला र गुलावजंग शाहलाइ ट्याग गर्दै कुमाख गाउँपालिकाको वास्तविक्ता पोष्ट गरेकी हुन् ।

भारतका विभिन्न ठाउँबाट चैत्र ८ गते देखि हाल सम्म आएका पाँच सय अठतिस जना गाउँपालिकाले तयार पारेको क्वारेन्टिनमा वसिरहेको जनाएकी छन् । संघ र प्रदेश सरकारप्रति लक्षित गरेर लेखेकी छन्, बालबालिकालाई जस्तै ललिपप देखाएर जनतालाई संधै गुम्राहमा राख्ने धृष्टता नगर । जनताको धैर्यताको बाँध टुट्ने बाताबरण नबनाउन अनुरोध गर्दै अध्यक्ष बुढाले क्वारेन्टिमा वसेका नागरिकहरुलाई धन्यवाद दिएकी छन् ।

Dilmaya budha

 


Thali Mobile Pvt.Ltd.