दक्षिण सुडान। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघका वरिष्ठ राहत अधिकारीले पिबोर र ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका मानवीय कामदार र सम्पत्तिमाथि भएको आक्रमणको निन्दा गरेका छन्। दक्षिण सुडानमा अन्तरिम मानवीय संयोजक पिटर भान डेर औवेरर्टले सोमबार दक्षिण सुडानको राजधानी जुबाबाट विज्ञप्ति जारी गर्दै थुप्रै सशस्त्र आक्रमणकारीहरूले नगद र अन्यलाई निशाना बनाउँदै आक्रमण गर्दा कम्तीमा एक जना सहायता कार्यकर्ता घाइते भएका छन्।
“मानवतावादीहरूले सबैभन्दा जोखिममा परेका मानिसहरूलाई महत्त्वपूर्ण सेवाहरू प्रदान गर्दा त्यस्ता आक्रमणहरू किन गरिएको छ, बुझ्न सकिएको छैन । सम्पूर्ण मानव समुदाय विरुद्ध बारम्बार हुने यस प्रकारका हिंसाको तत्काल अन्त्यको लागि आह्वान गर्दछु,” भ्यान डेर अवेरार्टले उल्लेख गरेका छन् । यो घटना यस महिनाको शुरुमा अबेई प्रशासनिक क्षेत्रमा दुई सहायता कार्यकर्ता र जोङ्लेई राज्यमा अर्को सहायता कार्यकर्ताको हत्यापछि भएको नयाँ आक्रमणको शृङ्खला हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक जनरल परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले मुशर्रफको निधन भएको जानकारी गराएको हो । उनको ७९ वर्षको उमेरमा निधन भएको हो...
सिरहा । गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि रोजगारीका लागि कतार पुगे । त्यहाँको वातावरण बुझेर १५ महिनादेखि चिट्ठा किन्न थाले । नभन्दै उनको भाग्यमा ८२ करोड नेपाली रुपैयाँ...
अस्ट्रेलिया । अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई...
युक्रेन । युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।...